+
+
Shares

दुई सांसदसहित ५३ जनाले गरे रक्तदान

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २३ गते १८:५९

२१ मंसिर, काठमाडौं । संसद सचिवालय सचिवालयले सिंहदरबारमा आयोजना गरेको रक्तदान कार्यक्रममा दुई सांसदसहित ५३ जनाले गरे रक्तदान गरेका छन् ।

१४औं संघीय संसद सेवा दिवस ०७७ का अवसरमा सचिवालयले रक्तदान कार्यक्रम राखेको थियो । जसमा सांसदहरु विमला राई पौड्याल र बिन्दा पाण्डेले रक्तदान गरेका छन् । बाँकी रक्रदान गर्नेहरुमा सचिवालयका कर्मचारी र पत्रकारहरु रहेको जनाइएको छ ।

रक्तदान कार्यक्रको सुभारम्भ गर्दै सभामुख अग्निप्रसाद सापकोटाले कोरोना भाइरस (कोभिड-१९)को जोखिमका बेला रक्तदानको महत्व अझ बढेको बताए ।

‘रक्तदान जीवन दान त्यत्तिकै भनिएको होइन, रक्तदानको सधैँभरी महत्व छ, अहिले झन यसको कयौं गुणा महत्व छ,’ सापकोटाले भने ।

वि.सं.२०६३ सालदेखि हरेक वर्ष मंसिर २८ गते संघीय संसद सेवा दिवस मनाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?