Comments Add Comment

कृषि मन्त्रालयको पहिलो चौमासिक प्रगतिको समीक्षा

२३ मंसिर,काठमाडौं । चालु आर्थिक वर्षको प्रथम चौमासिकमा कुल ७५ प्रतिशत प्रगति हासिल भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यस अवधिमा वित्तिय प्रगति ७० प्रतिशत, चालु खर्च ७३ र पूँजीगत खर्चको प्रगति २७ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डा. हरिबहादुर केसीले जानकारी दिए ।

समीक्षा अवधिमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वन, किसान सूचीकृत गर्न सफ्टवेर निर्माण, जापान तथा खाडी मुलुकमा घ्यू निर्यात, खोपको विकास, अर्थोडक्स चियाको ट्रेडमार्क कार्यान्वयन जस्ता उपलब्धि हासिल भएको मन्त्रालयले जनाएको छ ।

पशुपन्छीमा लाग्ने रोगविरुद्ध लड्न १ करोड २२ लाख ९० हजार डोज खोप उत्पादन भएको, विभिन्न स्थानीय तहमा एकीकृत कृषि उपज बजार निर्माणको डिपीआर सुरु भएको मन्त्रालयले जनाएको छ ।

उखु किसानको सरकारी अनुदान वितरणका लागि समयमै पठाइएको, विभिन्न जातको धानको बिउ विकास गर्नुका साथै सफ्टवेयरमा आधारित बीउ विकास तयार गर्ने कार्य थालिएको पनि प्रवक्त केसीले बताए ।

उन्नत बिउमा कृषकलाई अनुदानका लागि निर्देशिका बीउबीजन आपूर्ति तथा व्यवस्थापन निर्देशिका मन्त्रिपरिषदमा पठाउने तयारीमा रहेको, प्राङ्गारिक कृषि प्रर्वधन कार्यक्रम प्रक्रिया स्वीकृत भई १० वटा वटा स्थानीय तहमा पठाइएको मन्त्रालयले जनाएको छ ।

यस्तै व्यवसायीक माछा पालनकालागि ११३.२७ लाख माछाका भुर्रा उत्पादन तथा वितरण गरिएको, कृषि क्षेत्र विकास कार्यक्रम अन्तर्गत मागमा आधारित मूल्य श्रृखंला विकासका लागि कृषक समूह र सहकारीलाई सहलगानीमा २२८ समूह र सहकारीसँग ४२ करोडको सहलगानीका लागि सम्झौता भएको तथा ११३ समूह सहकारीका व्यवसायीक योजना तयार गरेको मन्त्रालयले जनाएको छ ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना अन्र्तगत छनोट भएका मूल्य श्रंखला म्याचिङ ग्राण्डको लागि सूचना प्रकाशन भई ८०२ वटा आवेदनहरुको मूल्याङ्कनको लागि फिल्ड भेरिफिकेशन भइसकेको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रथम चौमासमा व्यवस्थापन तथा नीतिगत प्रयासतर्फ पनि उलेख्य प्रगति हासिल भएको मन्त्रालयको दाबी छ । राष्ट्रिय कृषि नीति २०६१ परिमार्जनको लागि प्रारम्भिक मस्यौदा तयार भएको, मन्त्रिपरिषद्बाट कृषि ऐन निर्माणको लागि सैद्धान्तिक सहमति प्राप्त भई मस्यौदा तयार भैरहेको, खाद्य अधिकार तथा खाद्य संप्रभुता नियमावलीको मस्यौदा तयार भएको पनि मन्त्रालयले जनाएको छ ।

बीउ विजन ऐन २०४५ लाई संशोधन गर्न वनेको विधेयक संसदमा पेश भएको, पशु कल्याण ऐन तर्जुमाका लागि सैद्धान्तिक अवधारणा पत्र तयार भई मन्त्रीपरिषद्मा पेश भएको, न्युनतम समर्थन मुल्यमा धान खरिद र व्यवस्थापन गर्ने सम्बन्धी निर्देशिका, २०७७ जारी गरिनुलाई पनि मन्त्रालयले प्रगति मानेको छ ।

अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ जारी भएको पनि मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment