+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

धनुषामा २२ शय्याको सर्पदंश उपचार केन्द्र सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २६ गते १९:०८

२६ मंसिर, जनकपुरधाम । धनुषामा २२ शय्याको सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ । क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा सञ्चालनमा आएको उपचार केन्द्रमा सर्पले डसेका बिरामीहरुको निःशुल्क उपचार हुने केन्द्रले जनाएको छ ।

उपचार केन्द्रको एक कार्यक्रमकाबीच प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरे । त्यस अवसरमा बोल्दै उनले यो प्रदेश विषालु सर्पको बिगबिगी भएको प्रदेश भएकाले प्रदेशभित्रै एन्टिभेनम खोपको उत्पादनका लागि आफूहरु अघि बढिरहेको बताए ।

सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएसँगै सर्पको डसाइबाट यस क्षेत्रका मानिसले अकालमै ज्यान गुमाउनु नपर्ने उनको भनाइ थियो ।

क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पंजियारले उपचार केन्द्रलाई हरेक किसिमको सहयोग गर्न तयार रहेको बताए । ‘उपचार केन्द्र सञ्चालनका लागि यस पटक रु १५ लाख उपलब्ध गराएको छु,’ उनले भने, ‘प्रत्येक वर्ष रु १० लाखका दरले विनियोजन गर्दै जानेछु ।’ उनले सर्पदंशमा परेका बिरामीको निःशुल्क उपचार गर्ने बताए ।

यूएनडीपीको रु १ करोड २० लाख लगानीमा निर्माण भएको भवनमा नगरपालिकाले रु १ करोड उपकरण, शय्या र व्यवस्थापनमा खर्च गरेको छ ।”

सर्पदंशको उपचार भने नेपाली सेनाको श्रीनाथ गणले खटाएको चिकित्सकसहित र प्राविधिक टोलीले गर्ने नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?