Comments Add Comment

कार्यालयभित्र नगद कारोबार नगर्न सेवाग्राहीलाई काठमाडौं प्रशासनको आग्रह

३० मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आफ्नो सेवा क्षेत्रमा भ्रष्टाचार न्यूनीकरण गर्न भन्दै सकेसम्म नगद कारोबार नगर्न आग्रह गरेको छ । कार्यालयमा सेवा छिटो र सहज रुपमा सम्पन्न गराइदिने भन्दै बिचौलियाले अतिरिक्त शूल्क लिने गरेको गुनासो आएकोले अतिरिक्त शूल्क नतिरी भ्रष्टाचार न्यूनीकरणमा योगदान दिन प्रशासनले सेवाग्राहीसँग आग्रह गरेको छ ।

नागरिक वडापत्रमा उल्लेख गरिएका सबै कागजात पेस गरेपछि छरितो सेवा प्राप्त गर्ने व्यवस्था मिलाइएको भन्दै छरितो काम गर्ने बहानामा कर्मचारी र अन्य व्यक्तिलाई अतिरिक्त शूल्क नदिन प्रशासनले सेवाग्राहीसँग अनुरोध गरेको हो ।

मंगलबार सूचना जारी गर्दै प्रशासनले विभिन्न सेवामा लाग्ने शुल्क समेत उल्लेख गर्दै सेवाग्राहीलाई तोकिएकोबाहेक कुनै पनि शूल्क नतिर्न आग्रह गरिएको हो ।

प्रशासनद्वारा जारी सूचना अनुसार नागरिकताको लागि हुलाक टिकटबाहेक कुनै पनि शूल्कहरु नलाग्ने, राहदानीको लागि ५००० रुपैयाँ लाग्ने र १० वर्षभन्दा मुनिका बालबालिकाको हकमा २५०० रुपैयाँ लाग्ने, राहदानी बिग्रेको वा हराएको अवस्थामा नयाँ लिनुपरेमा १० हजार रुपैयाँ लाग्ने, संस्था दर्ताको लागि एक हजार रुपैयाँ र नवीकरणको लागि ६ सय रुपैयाँ लाग्ने प्रशासनले जनाएको छ । सो शूल्क कार्यालय परिसरमा रहेको एनएमबी बैंकको काउन्टरमा तिर्न र यसबाहेक कुनै पनि शूल्क नतिर्न प्रशासनले अनुरोध गरेको छ ।

प्रशासनको अनुरोध :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment