Comments Add Comment

राष्ट्रिय परिचय पत्रका लागि गुल्मीमा ४३ हजारको विवरण संकलन

२ पुस, गुल्मी । राष्ट्रिय परिचय पत्रका लागि गुल्मीमा ४३ हजार बढीको विवरण दर्ता भएको छ । जिल्लाका ४ स्थानीय तहमा राष्ट्रिय परिचय पत्र विवरण दर्ता संकलन कार्य सम्पन्न हुँदा ४३ हजार २९४ जनाको विवरण संकलन भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

अहिले जिल्ला सदरमुकाम तम्घासबाट गरिएको सेवालाई शिविरको रुपमा स्थानीय तहबाट राष्ट्रिय परिचय पत्र विवरण दर्ता संकलन कार्यलाई तीव्र पारिएको छ ।

जिल्लाका गुल्मीदरवार, धुर्कोट, मदाने र छत्रकोटमा दर्ता संकलन कार्य सम्पन्न भएकोसम्पन्न भएका जसअनुसार गुल्मीदरवार गाउँपालिकामा ११ हजार ९०५ जनाको विवरण दर्ता संकलन गरिएको छ ।

त्यस्तै धुर्कोट गाउँपालिकामा १० हजार ७७० जनाको विवरण दर्ता संकलन गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत पन्थी जानकारी दिए । मदाने गाउँपालिकामा ९ हजार ७८० जनाको संकलन गरिएको छ ।

त्यस्तै छत्रकोट गाउँपालिकामा १० हजार ८३९ जनाको विवरण दर्ता संकलन गरिएको छ । जिल्लामा रहेका १२ वटा स्थानीय तहमध्ये रुरुक्षेत्र गाउँपालिकामा र मालिका गाउँपालिकामा विवरण दर्ता कार्य सुरु भएको छ ।

मुसिकोट नगरपालिकामा कार्य जारी रहेको छ । जिल्लामा राष्ट्रिय परिचय पत्र विवरण दर्ता संकलन कार्यलाई अगाडि बढाउन ६० जनादर्ता संकलकमार्फत टोली खटाइएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

संकलन कार्यको लागि एउटा स्थानीय तहमा १५ दिनसम्म संकलन गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । राष्ट्रिय परिचय पत्रले नागरीकलाई राज्यबाट हुने सेवा सुविधा सहज रुपमा प्राप्तगर्नका लागि प्रयोग गरीने आधारभूत पहिचान भएको परिचय पत्र हो ।

राष्ट्रिय परिचय पत्र राष्ट्रिय परिचय व्यवस्थान सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको वायोमेटि्रक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको वायोमेटि्रक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो ।

वैयक्तिक विवरण अन्तर्गत नाम, ठेगाना, जन्ममिति, बुबा-आमाको नाम, हजुरबुबा-आमाको नाम, श्रीमान-श्रीमतिको नाम, स्थायी-अस्थायी ठेगाना पर्दछन । जैविक विवरण अन्तर्गत औँठाछाप, दुईवटा आखाँको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरिने गरिन्छ ।

परिचय पत्रले नागरिकका सेवा सुविधासहित अपराध नियन्त्रण गर्न यो परिचय पत्र महत्वपूर्ण रहने छ । प्ारिचयपत्र विवरण दर्ता संकलन गर्न नागरिता, बसाइ सराइ गरेको हकमा बसाइ सराइको सक्कल कगजपत्र चाहिन्छ ।

जिल्ला जिल्ला सदरमुकाम तम्घासको जिल्ला प्रशासन कार्यालमा ३ जना अपरेटरबाट काम सुरु गरिएको थियो । यो अभियान स्थानीय तहमा चहिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment