Comments Add Comment

‘मिर्मिरे साइली’ सार्वजनिक

कोरोना आतंक, लकडाउन आदिले अरु क्षेत्र तहसनहस भएपनि सांगीतिक क्षेत्रमा यसको प्रभाव उति देखिएको छैन । बरु यही अवधीमा धमाधम गीतहरु सार्वजनिक भए । गीतका म्युजिक भिडियो पनि तँछाड–मछाड शैलीमा सार्वजनिक भए ।
त्यसो त पछिल्लो ट्रेन्ड के देखिएको छ भने, गीत सुन्ने भन्दा बढी हेर्ने भएको छ । गीत तयार भएपछि त्यसलाई म्युजिक भिडियोमा उतार्ने प्रवृत्ति व्यापक छ । यसैको सिलसिला हो, मिर्मिरे साइली ।

गीतको शीर्षकले नै छनक दिन्छ, यो रोमान्टिक शैलीको गीत हो । भाका चाहि, लोकदोहोरी । यसमा लोकदोहोरी गायक अमृत खाति र उमा श्रेष्ठले भाका हालेका छन् । गीत अमृत खातीले लेखेका हुन् र संगीत पनि उनकै हो । यसमा संगीत संयोजन गरेका छन कमल सौरागले ।

गीतको म्युजिक भिडियो बिक्रम चौहानले निर्देशन गरेका हुन् । यसमा संजीव ठकुरी, अनुपमा भण्डारीले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई दीपक गिरीले खिचेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment