Comments Add Comment

प्रधानमन्त्रीलाई सनक चढ्नासाथ संसद विघटन हुन सक्दैन : यज्ञराज सुनुवार

५ पुस, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता यज्ञराज सुनुवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सनक चढ्नासाथ संसद विघटन हुन नसक्ने बताएका छन् ।

‘संविधानमा हस्ताक्षर गर्ने एक सभासदको हैसियतमा भन्छु- कुनै व्यक्तिलाई लाग्नासाथ, सनक चढ्नासाथ संसद विघटनको अधिकार दिनुहुन्न भनेर संविधानले त्यो खालको सबै बाटाहरू रोकेको छ । त्यसकारण प्रधानमन्त्री ओली सच्चिनुपर्छ,’ नेता सुनुवारले अनलाइनखबरसँग भने, ‘संसद विघटनको अधिकार कानुनी र संवैधानिक रूपमा प्रधानमन्त्रीलाई छैन।’

नेकपाले स्थिरताको नारा दिएका कारण बहुमत ल्याएको उल्लेख गर्दै उनले नेकपा पार्टी र लोकतान्त्रिक व्यवस्थालाई थप बलियो बनाउने गरी योगदान गर्न प्रधानमन्त्रीले संसद विघटनको सिफारिस फिर्ता लिनुपर्ने बताए ।

‘यो सिफारिसको हल्लाले यतिबेला कोही पनि नागरिकहरू कुनै पनि राजनीतिक दृष्टिकोणले संवैधानिक दृष्टिकोणले कोही पनि उभिने पक्षमा छैनन् । यो सच्चिनुको वा सच्याउनुको विकल्प प्रधानमन्त्रीसँग छैन र केही घण्टामा जुन खालको प्रतिक्रिया आएको छ त्यसलाई समेत हेरेर प्रधानमन्त्रीले संसद विघटनको सिफारिस तत्काल फिर्ता लिनुपर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment