
१० पुस काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला सरकारले पर्याप्त सूचना प्रवाह गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
कोरोनाबारे सरकारले सही सूचना नदिएको भन्ने आलोचना भइरहेका बेला अख्तियारले सरकारलाई यस्तो सुझाव दिएको हो ।
‘महामारी जस्तो असामान्य र असहज परिस्थितिमा पर्याप्त सूचना प्रवाह, निकायगत र तहगत समन्वय तथा जिम्मेवारी र जवाफदेहिता किटान गरी स्वास्थ्य सेवाप्रवाको व्यवस्था गर्ने’ अख्तियारको ३० औं वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘आगामी दिनमा यस्ता महामारीसँग जुध्न पूर्वाधार र क्षमता विकासमा जोड दिने ।’
सरकारले कोरोनाबाट ज्यान गुमाउनेहरूको वास्तविक तथ्यांक लुकाएको सूचनापछि आफूहरूले यस्तो सुझाव दिएको अख्यितारका एक आयुक्तले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4