Comments Add Comment

अमिलो डकार आउनु सामान्य हो ?

ग्याष्ट्रिक भएमा वा अपचको समस्यामा अमिलो डकार आउने गर्छ । चिल्लोचाप्लो, अमिलो, पिरो वा चिसो खानेकुरा खाँदा पनि अमिलो डकार आउँछ । अमिलो डकार आउनु सामान्य हो ? वा यसले अरु जटिलता निम्त्याउन सक्छ ?

सामन्यतय खराब र अनियमित खानपानले ग्याष्ट्रिक लगायत पेटको समस्या हुन्छ । अपच, ग्याष्ट्रिक आदि भएको अवस्थामा मुखमा अमिलो डकार आउने गर्छ । कहिले काहीँ पेट फुल्ने, पेट दुख्ने, घाँटी तथा पेटमा जलन अनुभव हुने वान्ता हुने जस्ता समस्या पनि देखिन्छ ।

कतिपय घरेलु ओखतीले यस्तो समस्याबाट सजिलै छुटकारा पाउन सकिन्छ । साथै उचित मात्रामा सही खानपान गर्ने, चिल्लोचाप्लो वा मसेलदार खानपान नियन्त्रण गर्ने, मदिरा वा क्याफिन सेवन नगर्ने, सक्रिय जीवनशैली अपनाउने, अनावश्यक तनावबाट मुक्त हुने नै यसबाट बच्ने सरल विधी हुन् । के हुन्छ असर ?

पेट दुख्ने

पेट गडगडाउने÷कराउने

पेटको अल्सर

कब्जियत

वाकवाकी लाग्ने

छाती पोल्ने

अमिलो पानी आउने

सामान्यतया अमिलो पानी केवल खानाकै कारण मात्र पनि आउँदैन । तनाव , अनियमित व्यायाम तथा अन्य पुराना रोगका कारण पनि मुखबाट अमिलो पानी आउने गर्छ  ।

अमिलो डकार विभिन्न कारणले आउने गर्छ । जसमध्ये  एक खानालाई पनि मानिन्छ । विशेषगरी खाना पच्ने क्रममा शरीरको ग्यासको विकास हुदाँ पनि धेरैलाई अमिलो डकारको समस्या हुने गर्छ । त्यस्तै, प्रोटिनयुक्त आहार तथा मदिराको सेवनका कारण पनि धेरैलाई अमिलो डकारको समस्या हुने गर्दछ ।

त्यस्तै, कतिपयलाई इरिटेबल बाउल सिन्ड्रोम , पेटको एसिड भोजन नलीमा आएमा तथा पाचन प्रक्रिया सम्बन्धि समस्या भएमा पनि अमिलो डकार आउने गर्दछ ।

धेरै खाना

आवश्यक्ता भन्दा बढी मात्रामा भोजन गर्नाले पनि धेरैलाई अमिलो डकार आउने गर्दछ । मदिरा, कैफिन तथा चिसो पेय पदार्थ लगायतका कारण पनि अमिलो डकार आउने गर्दछ । त्यसबाहेक, नाकको सट्टा मुखबाट सास लिने तथा खाना खाने समयमा धेरै बोल्ने मानिसमा पनि अमिलो डकार वा अमिलो पानी आउने समस्या हुने गर्दछ ।

मोटोपना

विभिन्न समस्याका मोटोपना भएका मानिसमा यो समस्या आउने गर्दछ । विशेषगरी, मोटो मानिसहरुमा  बाटुलो शरीरका कारण पेटमा अधिक वल पर्न गर्छ ।जसका कारण पेटको एसिड अन्न नलीमा पुग्ने गर्छ । त्यसबोहक, अनियमित व्यायाम तथा गलत खानपानका कारण पनि यो समस्या हुने गर्छ ।

 गर्भावस्था

गर्भावस्थाका दौरान धेरैलाई अमिलो पानी वा अमिलो डकार आउने समस्या हुने गर्छ । विशेषगरी,  पेटमा रहेको गर्भको आकार बढ्दै गएम पेटमा वल पर्ने गर्छ । र, यस दौरान बन्ने वाला हर्मोन अन्ननलीको मुन्तिरको भागमा पुगेर यसले असर देखाउने गर्दछ । त्यसबाहेक गर्भावस्थामा हुने रक्तअल्पत्राका कारण सास फुल्ने तथा अत्याधिक थकान महसुस हुने गर्दछ । जसका कारण गर्भवती महिलाहरुले मुखबाट सास लिने गर्दछन् । र, सोही क्रममा हावा पेटमा पसेर अमिलो डकारको समस्या निम्त्याउने गर्दछ ।

त्यसबाहेक, अन्य कारणहरुले गर्दा पनि अमिलो डकार आउने गर्छ ।

–केही औषधी

–तनाव

–भोकै बस्ने

–अत्याधिक चिन्ता

–अनियमित व्यायाम

–आवश्यकता भन्दा बढी मात्रामा खाना

–छिटो छिटो खाने बानी

–गलत समयको भोजन

–खाना र्खा लगत्तै सुत्ने बानी

–चिल्लो, पिरो खानेकुराको सेवन

–फुड प्वाइजनिङ्ग

–मदिराको सेवन

कसरी बच्ने ?

–धुमपान नगर्ने

–छिटो छिटो नखाने

–सुत्नु केही घण्टा अगाडाी खानाको सेवन

–डकार आउनु पूर्व  पेटमा हावा निस्कनु

–पेय पदार्थको सेवन गर्दा पाइपको प्रयोग गर्नु

–चुइगमको प्रयोग कम गर्ने

–तारेको वा भुटेको खानेकुरा नखाने

–प्रशस्त मात्रामा पानीको सेवन गर्ने

–सक्रिय जीवनशैली अपनाउने

–सुत्नु ३–४ घण्टा अघिबाट केही नखाने

अमिलो डकार आएमा हुन सक्ने समस्या ?

अमिलो डकार आउने समस्या समयमै ठीक नभएमा यी समस्या उत्पन्न हुन सक्दछ ।

–भोजन नलीमा घाउ भएन नयाँ डिस्यू पलाउने

–अन्न नलीमा घाउ वा जलन पैदा हुने

–अन्ननलीमा रक्तश्राव हुने

–घाँटी तथा आवाजमा समस्या आउने

–दाँत विग्रने , झर्ने

–सास लिनमा समस्या

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment