Comments Add Comment

संविधानमा संसद विघटन गर्न मिल्ने प्रावधान छैन : मुख्यमन्त्री राउत

फाइल तस्वीर

१९ पुस, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको दुरुपयोग गरी संसद विघटन गरेको बताएका छन् । उनले संविधानले नै सरकार बनाउने विभिन्न सम्भावना हुँदाहुँदै पनि संसद विघटन गरेर देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको बताए ।

‘संविधानको जुन धारा देखाएर प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको छ, त्यो संवैधानिक छैन’ जनकपुरधाममा जनता समाजवादी पार्टी निकट युवाहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने, ‘सरकार बन्ने स्थिति रहेसम्म संविधानले संसद विघटनको परिकल्पना गरेको छैन् ।’

संविधान बन्ने बेला आफू पनि मस्यौदा समितिको सदस्य रहेको बताउँदै उनले त्यस बेला संविधानमा सिधै संसद विघटन गर्न मिल्ने प्रावधान नराखिएको बताए ।

‘संविधानको धारा ७६ को १ मा बहुमत सरकार बनाउने कुरा उल्लेख गरिएको बताउँदै उनले यो धारालाई टेकेर विभिन्न दल मिलेर सरकार बनाउन सकिने प्रावधान रहेको बताए ।

यस्तै, धारा ७६ को ३ मा सरकार गठन हुन नसकेका अवस्थामा सबैभन्दा ठूलो दललाई अवसर दिइने र त्यसरी हुन नसक्दा कुनै दलले आफूले सरकार बनाउन सक्ने बताएपछि त्यसलाई पनि अवसर दिनुपर्ने र त्यसले पनि बनाउन नसक्दा मात्रै संसद विघटन गर्न सकिने प्रावधान संविधानमा रहेको उनले बताए ।

सरकार बन्ने यो सम्भावना समाप्त पारी प्रधानमन्त्रीले संसदि विघटनको सिफारिस गर्ने अनि थोरै पनि ढिलो नगरी राष्ट्रपतिले त्यसलाई अनुमोदन गरिदिनु मुलुकका लागि दुर्भाग्य भएको बताए ।

सरकार बन्ने व्याप्क सम्भावना रहेको अवस्थामा पनि संसद विघटन गर्नु अलोकतान्त्रिक, असंवैधानिक कदम भएको बताए । सर्वाेच्च अदालतले संविधानका धारा हेरेर संसद पुनर्स्थापना गर्ने उनको विश्वास थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment