Comments Add Comment

मासु नपकाएको निहुँमा श्रीमतीको हत्या, आत्महत्या देखाउने प्रयास !

१९ पुस, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचो घर भई कालिमाटी बस्दै आएकी २२ वर्षीया मीरा सुन्दास परियारको श्रीमान सुरजसँग दिनहुँजसो झगडा परिरहन्थ्यो ।

दैनिक मादक पदार्थ सेवन गरेर आउने श्रीमानले दुःख दिएको उनले आफन्तहरुलाई पनि बताउने गरेकी थिइन् ।

शुक्रबार राति सुरज करिब साढे ११ बजेतिर डेरामा आए । आउनेवित्तिकै मासु नपकाएको भन्दै कराउन थाले । दिनभरि फलफूल पसलमा काम गरेर फर्किएर खाना बनाएकी उनी श्रीमानको गाली सुनेपछि रिसाइन् । रिसकै झोँकमा मर्छु भनिदिइन् ।

सुरजले ल मर.. भन्दै घाँटीमा सल बाँधिदिन थालेपछि बोल्नै सकिनन्, त्यही प्राण त्यागिन् ।

श्रीमतीले सास फेर्न छाडेपछि सुरज झसंग भए । हतास मनस्थितिमा बाहिर निस्किएका उनले चाबी लगाए । प्रहरीका अनुसार ढोकामा बाहिर र भित्र दुवैतिरबाट चाबी लगाउन मिल्थ्यो ।

त्यसपछि भेन्टिलेसनबाट चाबी कोठामै फ्याँकिदिए । अनि, श्रीमतीले फोन नउठाएको र लडिरहेको देखिएको भन्दै दिदी रुपा सुन्दासलाई फोन गरे ।

सुरुमा उनले श्रीमतीले आत्महत्या गरेको देखाउन खोजेको पाइएको महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी अपिलराज बोहरा बताउँछन् । उनले  भने, ‘तर, हामीले गएर हेर्दा झण्डिएको जस्तो देखिने वा आत्महत्या गरिएको कुनै संकेत थिएन ।’

तत्कालै सुरजलाई पक्राउ गरेर प्रहरीले हिरासतमा लियो । सोधपुछका क्रममा उनले हत्या गरेको स्वीकारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment