+
+
Shares

मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २१ गते ११:३७
फाइल तस्वीर

२१ पुस, जनकपुरधाम । बारामा कारको ठक्करबाट बाघको मृत्यु भएको एक हप्ता नबित्दै सर्लाहीमा मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु भएको छ ।

बाग्मती नगरपालिका ३ स्थित नयाँरोड–बरहथवा सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प.४००९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा हरिणको घटनास्थलमै मृत्यु भएको हो ।

हरिणलाई सोमबार राति ठक्कर दिएपछि मोटरसाइकल पल्टिँदा त्यसका चालक सप्तरीको कन्चनरुप नगरपालिका–११ बस्ने २२ वर्षीय सुनिल थापा सामान्य र पछाडि सवार सर्लाहीको हरिपुर नगरपालिका–१ बस्ने २५ वर्षीय शिव कुमार महतोको टाउको र वायाँ कुममा चोट लागेको छ । दुबैको हनुमन्ते अस्पताल बरहथवामा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रजक्ता मदन कुँवरले जानकारी दिए ।

इलाका वन कार्यालय मुर्तीयाको टोलीलाई मोटरसाइकल र मृतक हरिण जिम्मा लगाइ पठाइएको कुँवरले बताए ।

यसअघि गत शनिबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा.१६ च ८११ नम्बरको कारको ठक्करबाट बाराको पथलैया–अमलेखगञ्ज सडकको आधाभार जंगलमा वयस्क पाटेबाघको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?