Comments Add Comment

भलिबलमा प्रतिभावान खेलाडीको घोषणा

२२ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले नयाँ प्रतिभावन खेलाडीको घोषणा कार्यक्रम अन्तर्गत राष्ट्रिय खेल भलिबलमा २४ खेलाडीको छनोट गरेको छ । त्यसमा समान १२-१२ पुरुष-महिला खेलाडी रहेको भलिबल प्रशिक्षक जगदीश भट्टले जनाएका छन् ।

खेलाडीको प्रतिभा र उचाइका आधारमा ५२ खेलाडी मध्येबाट २४ खेलाडीको छनोट गरिएको भट्टले जानकारी दिए ।

राखेप सदस्य-सचिव रमेशकुमार सिलवालले कार्यक्रमको औपचारिक रुपमा घोषणा गर्दै प्रत्येक खेलाडीलाई प्रोत्साहनस्वरुप मासिक ३ हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाए । सदस्य-सचिव सिलवालले भलिबलमा देशका लागि योगदान दिने खेलाडी उत्पादन गर्न कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।

सहभागीलाई प्रशिक्षक भट्टसहित अर्का प्रशिक्षक लालबहादुर बटालाले प्रशिक्षण दिने छन् । पहिलो चरणमा छ महिनासम्म खेलाडीलाई कञ्चनपुरको महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment