Comments Add Comment

युभेन्ट्स विजयी, इन्टर र रोमाले अंक बाँडे

काठमाडौं । साविक विजेता युभेन्ट्सले सिरी ए को पछिल्लो खेलमा ससुलोलाई ३-१ ले पराजित गर्दै उपाधि होड कायमै राखेको छ । दोस्रो स्थानको इन्टर र तेस्रो स्थानको रोमाले बराबरी खेलेपछि जित हात पारेको युभेन्ट्सले शीर्ष टिमहरुसंग अंक दूरीसमेत कम गरेको छ । यद्यपि युभेन्ट्स शीर्ष स्थानको एसी लानभन्दा ७ अंकले पछि छ ।

युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा सबै चार गोल दोस्रो हाफमा भएको थियो । पहिलो हाफको इन्जुरी टाइममा पेड्रो ओबएङले रातो कार्ड पाएपछि ससुलोले दोस्रो हाफ १० खेलाडीमा रहेर खेलेको थियो ।

५०औं मिनेटमा डानिलोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । एक खेल कम हुनुका बावजुतपनि ग्रेगोरिए डेफ्रेलले सुसुलोका लागि ५८औं मिनेटमा बराबरी गोल फर्काए ।

८२औं मिनेटमा बरोन राम्सेले गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए । यस्तै इन्जुरी टाइममा क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि युभेन्ट्सले ३-१ को जित हात पारेको हो ।

जितपछि १७ खेलबाट ३३ अंक जोड्दै युभेन्ट्स चौथो स्थानमा छ । तेस्रो स्थानको रोमाको ३४ अंक छ ।

लिग लिडर मिलानको ४० अंक छ भने इन्दर ३७ अंकसहित दोस्रो स्थानमा छ ।

इन्टर र रोमाले अंक बाँड्दा एसी मिलानलाई पनि फाइदा पुगेको छ ।

घरेलु मैदानमा खेल सकिन चार मिनेट अघि जिएनलुका मान्चिनीले गोल गरेपछि रोमाले इन्टरसंग अंक खोसेको थियो । त्यसअघि १७औं मिनेटमा लरेन्जो पेलेग्रिनीले गोल गर्दै रोमालाई पहिले अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा पुनरागमन गर्दै इन्टरले दुई गोल फर्काएको थियो ।

५६औं मिनेटमा मलान स्क्रिनर र ६३औं मिनेटमा अच्रफ हाकिमीले गोल गर्दै इन्टरलाई २-१ को अग्रता दिलाएका थिए । तर खेलको अन्त्यतिर गोल बेहवरेपछि इन्टर जितबाट बन्चित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment