+

चेल्सी, म्यानचेष्टर सिटी र टोटनहम एफए कपको चौथो चरणमा

२०७७ पुष  २७ गते ८:४१ २०७७ पुष २७ गते ८:४१
चेल्सी, म्यानचेष्टर सिटी र टोटनहम एफए कपको चौथो चरणमा

२७ पुस, काठमाडौं । प्रिमियर लिग क्लबहरु चेल्सी, म्यानचेष्टर सिटी र टोटनहम हट्सपर एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् ।

चेल्सीले चौथो डिभिजन क्लब मोरेकाम्बे, सिटीले दोस्रो डिभिजनको ब्रिमिङहम सिटी र टोटनहमले आठौं श्रेणीको मारिन लाई पराजित गर्दै राउण्ड अफ ३२ मा स्थान पक्का गरेका हुन् ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीले मवरेकाम्बेलाई ४-० ले हरायो । चेल्सीका लागि मासन माउन्टले १८औं, टिमो वेर्नरले ४४औं, कलुम हड्सन ओडोईले ४९औ र काऐ हाभार्टले ८५औं मिनेटमा गोल गरे ।

यस्तै सिटीले पनि घरेलु मैदानमै ब्रिमिङहमलाई ३-० ले पराजित गर्‍यो । सिटीका लागि बर्नानर्डो शिल्भाले आठौं र १५औं मिनेटमा गोल गरे । यस्तै फिल फोडेनले ३३औं मिनेटमा गोल थपे ।

उता कार्लोस भिनियसले ह्याट्रिक गरेपछि टोटनहमले मारिनलाई ५-० ले हरायो । मारिनको मैदानमा भिनिसले खेलको २४औं, ३०औं र ३७औं मिनेटमा गोल गरे । यस्तै लुकास माउराले ३२औं र अल्फे डेभिनले ६०औं मिनेटमा गोल गरे ।

प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय