+
+
Shares

देउवासँग प्रचण्ड–नेपालको प्रस्ताव : केन्द्रदेखि प्रदेशसम्म सत्ता साझेदारी गरौं

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १ गते १०:४५

१ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग केन्द्रदेखि प्रदेश सरकारसम्म सत्ता साझेदारीको प्रस्ताव राखेको छ ।

देउवालाई भेट्न प्रचण्ड र नेपाल वुधबार साँझ देउवा निवास पुगेका थिए । भेटबारे कांग्रेस उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘प्रचण्ड र नेपालले नै भेटेर कुराकानी गरौं भन्ने प्रस्ताव गर्नु भएपछि सभापतिले भेट्नु भएको हो ।’

स्रोतले अगाडि भन्यो, ‘उहाँहरुले प्रतिनिधि सभा पुनःस्थापनाका लागि संयुक्त संघर्ष गर्ने र संसद पुनःस्थापना भएमा सरकारमा सहकार्य गर्ने प्रस्ताव गर्नु भएको छ । साथै, केन्द्रमा मात्र होइन, प्रदेशमा पनि सत्ता साझेदारीको प्रस्ताव छ ।’

भेटमा देउवाले अदालतले जे निर्णय गर्छ, त्यही मान्ने बताएका थिए ।

प्रचण्ड र नेपालको प्रस्तावका सम्बन्धमा देउवाले पार्टीमा छलफल गर्ने बताएको ती नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?