
१ माघ, विराटनगर । नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रदेश सरकारलाई थप कमजोर बनाउनुपर्ने बताएका छन् ।
तीन तहको सरकारमध्ये केन्द्र र स्थानीय तह प्रभावकारी भएपनि प्रदेश कमजोर देखिएको भन्दै उनले अब यसलाई थप कमजोर बनाउनुपर्ने धारणा अघि सारेका हुन् ।
विराटनगरमा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै उनले भनेका छन्, ‘स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रदेशसभा सदस्यको मान्यता दिऔं र उहाँहरुबाट निर्वाचित प्रदेश सभाबाट एउटा सरकार बनाऔं ।’
उनले अघि भने, ‘त्यसरी बन्ने सरकारले संघीय सरकार र स्थानीय तहको बजेटमा समन्वय गर्ने, स्थानीय तहका कामको मनिटरिङ तथा विकासको पहल गरोस् ।’
यो मुद्दा आगामी चुनावको एजेण्डा नबन्ने, तर त्यसपछि दलहरुले संविधान संशोधन गर्न सक्ने उनले बताए ।
बस्नेतले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने बताए । यो मोडलमा जाँदा दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था संविधानमा नै गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया 4