+

आर्सनल बराबरीमा रोकियो

२०७७ माघ  २ गते ७:४१ २०७७ माघ २ गते ७:४१
आर्सनल बराबरीमा रोकियो

२ माघ, काठमाडौं । प्रिमियर लिग अनतर्गत बिहीबार राति भएको एकमात्र खेलमा लण्डन क्लब आर्सनलले क्रिस्टल प्यालेसँग बराबरी खेलेको छ । आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेल गोलरहित बराबरीमा सकिँदा दुवै टोलीले अंक बाँडेका हुन् ।

यस बराबरीले बर्सनलको लगातार ४ खेल जितको यात्रा रोकिएको छ । कुनै समय रेलिगेसनको छेएतिर रहेको आर्सनलले सबैखाले प्रतियोगितामा गरेर लगायतार चार खेल जितेको थियो ।

बराबरीपछि १८ खेलबाट २४ अंक जोडेको आर्सनल ११ औं स्थानमा छ । समान खेलबाट २३ अंक रहेको क्रिस्टल प्यालेस १३औं स्थानमा छ ।

१७ खेलबाट ३६ अंकसहित म्यानचेष्टर युनाइटेड लिगकव शीर्ष स्थानमा छ भने समान खेलबाट ३३ अंकसहित लिभरपुल दोस्रो स्थानमा छ । यी दुई टोली शनिवार एनफिल्डमा भिड्दैछन् ।

आर्सनल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०