+

रियल मड्रिडलाई हराउँदै एथ्लेटिक विल्वाओ फाइनलमा

२०७७ माघ  २ गते ७:४५ २०७७ माघ २ गते ७:४५
रियल मड्रिडलाई हराउँदै एथ्लेटिक विल्वाओ फाइनलमा

२ माघ, काठमाडौं । साविक विजेता रियल मड्रिड स्पानिस सुपर कपबाट बाहिरिएको छ । बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा रियल एथ्लेटिक विल्वाओसँग पराजित भएको हो ।

राहुल गार्सियाको दुई गोल मद्दतमा एथ्लेटिक विल्वाओले रियललाई २-१ ले पराजित गरेको हो ।

खेलको १८औं मिनेटमा गार्सियाले गोल गर्दै विल्वाओलाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा गार्सियाले नै पेनाल्टीबाट गोल गर्दै विल्वाओको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा रियलले एक गोल फर्काएपनि हार टार्न सकेन । ७३औं मिनेटमा रियलका करिम बेन्जामाले गरेको गोल सान्तवना मात्र रह्यो ।

विल्वाओले अब फाइनलमा बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ । बार्सिलोनाले रियल सोसिडाडलाई हराउदै फाइनलमा स्थान बनाइसकेको छ ।

फाइनल खेल आइतबार हुनेछ।

एथ्लेटिको विल्वाओ रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय