+
+
Shares

प्रदेश १ मा कांग्रेस संसदीय दलको बैठक निष्कर्षविहीन

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ६ गते १५:५१

६ माघ, विराटनगर । प्रदेश १ मा प्रमुख विपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक विना निष्कर्ष टुंगिएको छ ।

प्रदेश १ मा प्रदेशसभाको हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदैछ । र, यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–माधव समूहले पेश गरेको अविश्वासको प्रस्ताव निर्णयार्थ पेश हुनेछ ।

मुख्यमन्त्री राईलाई पदमा रहिरहन र प्रचण्ड–माधव समूहलाई अविश्वासको प्रस्ताव पास गर्न पनि कांग्रेसको समर्थन चाहिन्छ । तर कांग्रेसले यसबारे केही निर्णय गरेको छैन ।

मंगलबार बसेको संसदीय दलको बैठकमा प्रदेश सरकारको भूमिकाबारे छलफल भएपनि कुनै निर्णय भएन । भोलि बुधबार विहान फेरि बैठक बस्ने संसदीय दलका नेता राजीव कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?