+
+

धनीलाई थाहै नदिई जग्गा बेचेको आरोपमा मालपोतका कर्मचारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ७ गते १६:४१

७ माघ, काठमाडौं । जग्गाधनीलाई थाहै नदिइ जग्गा बिक्री गरेको प्रकरणमा प्रहरीले उद्योग मन्त्रालयका शाखा अधिकृत विनोद दाहाललाई पक्राउ गरेको छ । उनी मालपोत कार्यालय, कलंकीका पूर्वकर्मचारी हुन् ।

धनगढी जान लागेका वेला दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

कार्यालयमा बहालवाला नायब सुब्बा नाराण श्रेष्ठ पनि पक्राउ परेको काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्टले अनलाइनखबरलाई बताए । काठमाडौंका एसएसपी अशोक सिंहका अनुसार उनीहरुले मीना खड्काको नाममा रहेको थानकोटको २० आना जग्गा खड्कालाई थाहै नदिइ बिक्री गर्न सहयोग गरेका थिए ।

प्रकरणमा संलग्न अन्यबारे अनुसन्धान भइरहेको सिंह बताउँछन् । सिंहका अनुसार खड्का बेल्जियममा भएका वेला नक्कली जग्गाधनी खडा गरी बिक्री गरिएको पाइएको छ ।

तत्कालीन समयमा मालपोत कार्यालयका शाखा अधिकृत दिपक दाहालबाट नायब सुब्बा नारायण श्रेष्ठलाई डोर खटाएर कलंकीको एक होटलमा बसेर उनीहरुले २३ पुसमा २०७६ मा राजीनामा लिखत पारित गराएर अर्को व्यक्तिको नाममा नामसारी गरेका थिए ।

खड्का बेल्जियमबाट फर्किएपछि जग्गा खरिदकर्ताले प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि यो प्रकरण बाहिर आएको हो । प्रकरण बाहिरिएपछि शाखा अधिकृत दाहालले जाहेरवाला पक्षलाई बोलाएर राजीनामा लिखत र जग्गाधनी प्रमाणपूर्जा फिर्ता लिएर आफैं राखेको पाइएको एसएसपी सिंह बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?