+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
58/4 (10.1)
Shares

५०१२ को परीक्षणमा ३१८ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ७ गते १७:३१

७ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१८ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०१२ जनाको परीक्षणमा २०६ पुरुष र ११२ महिला गरी ३१८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ । यीमध्ये २ लाख ६२ हजार ६४२ जना निको भएका छन् भने ३ हजार ६९३ जना आइसोलसनमा छन् ।

कोरोना भाइरस संक्रमणबाट हालसम्म १९७५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ३८३ जना रहेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १४५ जना संक्रमित भेटिएका छन् । देशभर कोरोना संक्रमणको उपचारका लागि आईसीयूमा १६५ जना र भेन्टिलेटरमा ३३ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?