Comments Add Comment

यूईएफए टिम अफ दि इअरमा तीन खेलाडीको डेब्यु

८ माघ, काठमाडौं । युरोपियन फुटबल एसोसिएसन (यूईएफए)ले सन् २०२० को यूईएफए टिम अफ दि इय घोषणा गरेको छ ।

विश्वभरका फुटबल समर्थकले एक महिनाभर गरेको भोटको आधारमा यूईएफएले टिम अफ दि इयर सार्वजनिक गरेको हो ।

जसमा तीन खेलाडीले पहिलो पटक स्थान बनाएका छन् । जर्मन क्लब बार्यन म्युनिखका डिफेण्डरद्वय जोसुअ किमिच र अल्फोन्स डेभिसले पहिलो पटक टिममा स्थान बनाएका छन् । यस्तै यसै सिजन बार्यनबाट लिभरपुल पुगेका मिडफिल्डर थियागो अलकान्तारा पनि पहिलो पटक समावेश छन् ।

टिम अफ दि इअरकको गोलकिपरमा बार्यन म्युनिखका मानुएल नोए छन् । यस्तै डिफेन्डरमा किमिच र डेभिसँगै रियल मड्रिडका कप्तान सर्जियो रामोस र लिभरपुलका भर्जिल भान डाइक छन् ।

मिडफिल्डरमा थियागोसहित म्यान्चेस्टर सिटीका केभिन डी ब्रुएना छन् । फरवार्डमा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो, बार्सिलोनाका लियोनल मेसी, बार्यनका रोबर्ट लेवान्डोस्की र परिस सेन्ट जर्मेन (पीएसजी)का नेयमार रहेका छन् ।

टिम अफ दि इअरमा बार्यनबाट सर्वाधिक ४ खेलाडी समावेश हुँदा लिभरपुल २ तथा रियल मड्रिड, बार्सिलोना, युभेन्ट्स, म्यानचेष्टर सिटी, पिएसजीबाट १-१ खेलाडी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment