Comments Add Comment

केपी ओलीसँग जबजको कुनै साइनो छैन : माधव नेपाल

९ माघ, सुर्खेत । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग जनताको बहुदलीय जनवाद (जबज) सँगको कुनै पनि साइनो नभएको बताएका छन् ।

प्रेस संगठन नेपाल कर्णाली प्रदेशले शुक्रबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले लोकतन्त्राको मूल्य मान्यतालाई कुल्चिने मान्छे कसरी जबजको पक्षधर हुन्छ ? भन्दै प्रश्न गरे ।

‘उहाँले जनताको बहुदलीय जनवाद कहिले मान्नुभयो ? जबजको कुरा अहिले गर्नुहुन्छ । पार्टी एकताको बेला जबज सिन्द्धात आफैं नमान्ने भनेर हस्ताक्षर उहाँले नै गरेको हैन ?,’ अध्यक्ष नेपालले भने ।

‘जबजले के भन्छ ? लोकतन्त्राका मुल्यमान्यता आत्मसाथ गर, बिनम्र होउ, अरुको विश्वास जित, विधि र पद्धति अनुसार चल, नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई पालना गर भन्छ,’ उनले भने, ‘अव तपाईंहरु आफैं भन्नुस, ओलीले यी कुरा कहाँनेर लागु गरे । अनि यस्तो मान्छेसँग जबजको साइनो रहन्छ ?’

अध्यक्ष नेपालले लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसाथ नगर्नेलाई देश र पार्टीको नेतृत्व गर्ने अधिकार नभएको बताए ।

‘पार्टी र संसदले पत्याउन नसक्ने अवस्था आएपछि संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गर्ने काम भयो,’ उनले भने, ‘लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसाथ नगर्ने ओली देशका लागि सबैभन्दा ठूलो समस्या हुन् ।’

प्रधानमन्त्री ओलीमा देखिएको सत्ता र शक्तिको उन्मादका कारणले देशमा संकट नित्याएको अध्यक्ष नेपालले बताए । ‘प्रधानमन्त्री ओलीले आफूले गरेको सबै काम सही हो भन्न थालेँ । त्यो कुरा जनता र पार्टीले पत्याएन,’ उनले भने, ‘एउटा गुटको पछि लागेर उहाँमा सत्ताको उन्माद बढ्यो र अहिलेको संकट आयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment