+

पुनरागमन जितसहित म्यानचेष्टर सिटी एफए कपको पाँचौ चरणमा

२०७७ माघ  ११ गते ८:०६ २०७७ माघ ११ गते ८:०६
पुनरागमन जितसहित म्यानचेष्टर सिटी एफए कपको पाँचौ चरणमा

११ माघ, काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीले चेल्टनह्याम टाउनमाथि पुनरागमन जित हात पार्दै एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ ।

चेल्टनह्यामको मैदानमा भएको खेलमा सिटीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै ३-१को जित हात पारेको हो । सबै गोल दोस्रो हाफमा भएको खेलको ५९औं मिनेटमा अल्फी मेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

८०औं मिनेटमस्म चेल्टनह्यामले अग्रता कायम राखेपछि त्यसपछि १० मिनेटमा सिटीले ३ गोल फर्कायो ।

फिल फोडेनले ८१औं मिनेटमा सिटीका लागि बराबरी गोल फर्काए । यस्तै ८४औं मिनेटमा गाब्रीए जेससले गोल गर्दै सिटीलाई अग्रता दिलाए । अन्तिम समयमा फेरान टोरेसले गोल गरेपछि सिटी ३-१ ले विजयी भएको हो ।

यस्तै वेष्टहायम, ब्राइटन र शेफिल्ड युनाइटेड पनि जित हात पार्दै पाँचौ चरणमा प्रवेश गरेका छन् ।

म्यानचेष्टर सिटी
लेखक
कृष्ण दवाडी/रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय