+

युभेन्ट्स चौथो स्थानमा उक्लियो

२०७७ माघ  १२ गते ७:४३ २०७७ माघ १२ गते ७:४३

१२ माघ, काठमाडौं । बोलोग्नालाई पराजित गर्दै युभन्ट्स इटालियन सिरी ए को चौथो स्थानमा उक्लेको छ । आइतबार एको खेलमा युभेन्ट्सले बोलोग्नालाई २-० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा दुवै हाफमा एक एक गोल गरेको युभेन्ट्सका लागि आर्थर र वेस्टन म्याकेन्नीले गोल गरे । बर्थरले १५औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने वेस्टनले ७१औं मिनेटमा गोल गरे ।

जितपछि १८ खेलबाट ३६ अंक जोड्दै युभेन्ट्स चौथो स्थानमा उक्लेको हो । एटलान्टाको १९ खेलबाट समान ३६ अंक भएपछि हेड टु हेडमा युभेन्ट्स अघि रहेको छ । एसी मिलान १९ खेलबाट ४३ अंकसहित लिगको शीर्ष स्थानमा छ ।

युभेन्ट्स सिरी ए
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय