+

बार्सिलोना तेस्रो स्थानमा

२०७७ माघ  १२ गते ७:४७ २०७७ माघ १२ गते ७:४७
बार्सिलोना तेस्रो स्थानमा

१२ माघ, काठमाडौं । एल्चेलाई पराजित गर्दै बार्सिलोना स्पानिस ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा बार्सिलोनाले एल्चेलाई उसैको मैदानमा २-० ले पराजित गरेको हो । जितपछि बार्सिलोनाले सेभियालाई अंकतालिकामा पछि पारेको हो ।

बार्साले दुवै हहाफमा एक एक गोल गरेको थियो । खेलको ३९औं मिनेटमा फ्रेन्की डे जोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । डे जोङकै पासमा वैक्लपिक लाडी रिक्की पुइजले ८९औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

जितपछि १९ खेलबाट ३७ अंक जोड्दै बार्सिलोना तेस्रो स्थानमा उक्लेको छ । बार्सिलोना अझै लिग लिडर एट्लेटिको मड्रिडभन्दा ७ अंकले पछि छ र एट्लेटिकोले २ खेल कम खेलेको छ । १७ खेलबाट ४४ अंकसहित एट्लेटिको शीर्ग स्थानमा छ ।

१९ खेलबाट ४० अंकसहित रियल मड्रिड दोस्रो स्थानमा छ । समान खेलबाट ३६ अंक जोडेको सेभिया चौथो स्थानमा झरेको छ ।

बार्सिलोना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय