+

बार्यनलाई ७ अंकको अग्रता

२०७७ माघ  १२ गते ७:५१ २०७७ माघ १२ गते ७:५१
बार्यनलाई ७ अंकको अग्रता

१२ माघ, काठमाडौं । साल्कालाई पराजित गर्दै लिग लिडर बार्यन म्युनिखले जर्मन बुण्डेसलिगामा ७ अंकको अग्रता बनाएको छ । थोमस मुलरको दुई गोल मद्दतमा आइतबार बार्यनले साल्कालाई उसैको मैदानमा ४-० ले हराएको हो ।

पहिलो हाफमा एक गोल मात्र गरेको बार्यनले दोस्रो हाफमा तीन गोल थप्यो ।

खेलको ३३औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायरन्लाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै बार्यनको अग्रता दोब्बर पारे । ८८औं मिनेटमा मुलरे व्यक्तिगत दोस्रो गोल गरे । डेभिड अलावाले ९०औं मिनेटमा गोल गरेपछि बार्यनले सहज जित हात पारेको हो ।

जितपछि १८ खेलबाट बार्यनको ४२ अंक भएको छ । समान खेलबाट ३५ अंकसहित आरबी लाइपजिग दोस्रो स्थानमा छ ।

 

बार्यन म्युनिख

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय