+

एट्लेटिकोको पुनरागमन जित, शीर्ष स्थानमा ७ अंकको अग्रता

२०७७ माघ  १२ गते ९:२३ २०७७ माघ १२ गते ९:२३

१२ माघ, काठमाडौं । स्पानि ला लिगामा लिग लिडर एट्लेटिको मड्रिडले भ्यालेन्सियामाथि ७ अंकको अग्रता बनाएको छ । आइतबार भएको खेलमा भ्यालेन्सियालाई ३-१ ले पराजित गर्दै एट्लेटिकोले ७ अंकको अग्रता बनाएको हो ।

एट्लेटिको मैदानमा भएको खेलको ११औं मिनेटमा उरोस रासिसले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । उक्त अग्रता लामो समय टिकेन । २३औं मिनेटमा जाओ फेलिक्सले एट्लेटिकोका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफ बराबरी भएको खेलमा एट्लेटिकोले दोस्रो हाफमा दुई गोल गर्‍यो । ५४औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै एट्लेटिकोलाई २-१ को अग्रता दिलाए । ७२औं मिनेटमा एन्जल कोरेले गोल गरेपछि एट्लेटिको ३-१ ले विजयी भयो ।

जितपछि एट्लेटिकोले १८ खेलबाट ४७ अंक जोडेको छ । एक खेल बढी खेलेको रियल ४० अंकसहित दोस्रो स्थानमा छ।

एट्लेटिको एट्लेटिको मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय