+
+

एसियाली सुटिङमा ११ नेपाली खेलाडी, अनलाइन प्रतिस्पर्धा हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १४ गते १९:५१

१४ माघ, काठमाडौं । कुवेत सुटिङ संघको आयोजनामा प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा नेपालबाट ११ खेलाडीले सहभागिता जनाउने नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले जनाएका छन् । त्यसमा ६ पुरुष र ५ महिला खेलाडी छन् ।

व्यक्तिगततर्फ १० मिटर एयर राइफल र एयर पेस्तोलमा प्रतिस्पर्धा हुने छ । एयर राइफलको पुरुषमा कुमार कार्की, अर्नव घिमिरे र हरिबहादुर थापा तथा महिलामा कल्पना परियार, मीरा बन्जारा र सुस्मिता नेपालले प्रतिस्पर्धा गर्ने छन् ।

एयर पेस्तोलको पुरुषमा विपेश खड्का, सुखदेव चौधरी र बद्रुउद्दिन अन्सारी तथा महिलामा कृष्णा थापा र सरिता बस्नेतले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

सबै खेलाडीले २०७६ साल मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिस्पर्धा गरेका थिए ।

दुई दिने प्रतियोगितामा २२ राष्ट्रको सहभागिता निश्चित भइसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । नेपाली खेलाडीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा प्रतिस्पर्धा गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?