Comments Add Comment

राष्ट्रसंघमा चीनले रोक्यो म्यानमारको ‘कू’ को निन्दा गर्ने वक्तव्य

२१ माघ, काठमाडौं । चीनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले म्यानमारमा भएको सैन्य ‘कू’ विरुद्ध निकाल्न लागिएको वक्तव्य रोकेको छ । सोमबार म्यानमारको सेनाले सरकारका अधिकारीहरुलाई हिरासतमा लिँदै ‘कू’ गरेको थियो । ‘कू’ गरिएपछि सेनाले एक सर्वोच्च परिषद् बनाएको छ, जुन सरकारभन्दा माथि रहनेछ ।

म्यानमारको सबैभन्दा ठूलो सहर यान्गोनमा अहिले मानिसहरुले सेनाको कदमविरुद्ध आन्दोलन गरिरहेका छन् । मंगलबार उक्त ‘कू’को विरोध गर्दै वक्तव्य निकाल्ने योजनाअनुसार राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बोलाइएको थियो । यद्यपि चीनले उक्त वक्तव्यमा सहमति नजनाएसँगै सुरक्षा परिषद्को वक्तव्य रोकिएको हो । सुरक्षा परिषद्को स्थायी सदस्य भएकाले उक्त निर्णयमा चीनको पनि सहमति आवश्यक पर्छ ।

गत नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै सेनाले उक्त निर्वाचनलाई अस्वीकार गर्दै आएको थियो । यसै विषयलाई लिएर म्यानमारमा कू भएको हो ।

चीनले भने म्यानमारमा भएको कूलाई उसको आन्तरिक मामिला भएको बताउँदै आएको छ । चीनले यसअघि म्यानमारका नेताहरुलाई वार्ताको माध्यमबाट यो समस्या समाधान गर्न आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment