+
+
Shares

मोरङमा १८५ राउण्ड गोली बरामद

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २२ गते ११:५४

२२ माघ, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा १८५ राउण्ड गोली भेटिएको छ । जमिनमुनि गाडेको अवस्थामा एसएलआर राइफलमा प्रयोग हुने ७.६२ एमएम गोली भेटिएको हो ।

स्थानीय दलबहादुर लिम्बूको घरनजिक खेतमा कालो प्लास्टिकमा गाडेको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

उनका अनुसार स्थानीय ५३ वर्षीय भक्तबहादुर सुवेदीले खेत खन्ने क्रममा कालो रंगको प्लाष्टिकभित्र पोको पारेर माटो मुनि गाडेको अवस्थामा गोली भेटेका थिए ।

गोली द्वन्द्वका समयमा माओवादीका कार्यकर्ताले गाडेको हुनसक्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?