Comments Add Comment

आइपीएल अक्सन लिस्टमा नेपालका सन्दीप मात्र

२९ माघ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा नेपालबाट लेग स्पीनर सन्दीप लामिछाने मात्र अटाएका छन् ।

नेपालबाट सन्दीपसहित ८ लाडीले अक्सनका लागि नाम दर्ता गराएका थिए । तर १४औं संस्करणको आइपीएलका लागि १८ फेब्रुअरीमा हुने अक्सन लिस्टमा सन्दीपको नाम मात्र परेको छ ।

बीसीसीआईले आइपीएल अक्सनमा सहभागी हुने खेलाडी र न्यूनतम मूल्य सार्वजनिक गरेको छ, जसमा सन्दीपले आफ्नो मूल्य ४० लाख भारू छ ।

नेपालबाट सन्दीपससित दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर र अभिनास बोहराले नाम दर्ता गराएका थिए । तर अरूले अवसर पाएनन् ।

कूल १ हजार ९७ खेलाडीले नाम दर्ता गराए पनि सहभागि फ्रेन्चाइजले आफ्नो सूची बनाएपछि अक्सनमा २९२ खेलाडी मात्र समावेश हुने भएका छन् । भारतका १६४ र ओभरसिज १२५ खेलाडी समावेश छन् ।

एसोसिएटबाट सन्दीपसहित ३ खेलाडी छन् । अमेरिकाका अली खान र युएईका कार्तिक मेइयाप्पन अक्सन लिस्टमा छन् ।

अक्सनमा किंग्स एलेभेन पञ्जावले सर्वाधिक ५३.२ करोड भारु खर्च गर्न पाउनेछ । पञ्जावको ९ जना सम्म खेलाडी राख्न सक्नेछ । यस्तै रोएल च्यालेन्जर्स बैंगलोरले सर्वाधिक १३ खेलाडी राख्न पाउनेछ र उसको ३५.९ करोड ब्यालेन्स बाँकी छ । सनराइजर्स हैदरावादले सबैभन्दा कम ३ खेलाडी मात्र अक्सनबाट लिन सक्नेछ र त्यसमा एक विदेशी खेलाडी लिन पर्नेछ । हैदरावादको १०.७५ करोड बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment