
३ फागुन, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय आजबाट सिंहदरबारको मूल भवनबाट सन्चालन हुने भएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको भवन प्रबलीकरण गरिएपछि प्रधानमन्त्री कार्यालय आजबाट साविकको भवनबाटै सन्चालन हुन लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान रिबन काटेर कार्यालय भवन प्रवेश गर्ने छन् ।
भूकम्प अगाडिसम्म सिंहदरबारको मूल भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भूकम्पपछि भने शिक्षा मन्त्रालय सामुन्नेको छुट्टै भवनमा सारिएको थियो । यद्यपि प्रधानमन्त्री ओलीले धेरैजसो बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाटै कामकाज गर्दै आएका थिए ।
२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवनका चार मोहोडामध्ये ३ वटा मोहोडाको पुनर्निर्माण सकिएको छ । चन्द्रसमशेरले नै बनाएको पश्चिम मोहोडाको भवनको पुनर्निर्माण चलिरहे पनि २०३० सालमा आगलागीपछि बनाइएको पूर्वी, उत्तर र दक्षिण मोहोडाका भवनहरुको प्रवलीकरणको काम सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
यो पनि पढ्नुहोस्-
प्रधानमन्त्रीलाई स्वागत गर्न तयार भयो पुनर्निर्मित सिंहदरबार
प्रतिक्रिया 4