+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

चितवनको तरकारी बजारमा एनएमबि बैंकले सुरु गर्यो क्यूआर कोड सेवाकाका

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ४ गते १७:१७

४ फागुन, काठमाडौं । एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित चितवनमा महानगर फलफूल तथा तरकारी बजारमा क्यूआर कोड सेवा सुचारु गरेको हो । एनएमबि बैंकको वागमति प्रदेश प्रमुख गणेश पराजुलीको सभापतित्वतामा महानगर फलफूल तथा तरकारी बजार, क्षेत्रपुर, चितवनका व्यवसायीहरुलाई क्युआरकोड हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा प्रदेश ३ का क्षेत्रीय प्रमुख दुर्गा राम पुरीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन एनएमबि बैंक, नारायणगढ, लायन्स चोक शाखा प्रमुख विवेक अधिकारीले गरे । सो कार्यक्रममा महानगर फलफूल तथा थोक व्यवसायी संघका निवर्तमान अध्यक्ष एवं महानगर फलफूल तथा तरकारी बजारका प्रवन्धक निर्देशक थिर प्रसाद धिताल प्रमुख आतिथ्यता गर्दै मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रदेश प्रमुख गणेश पराजुलीले धिताललाई क्यूआरकोड हस्तान्तरण गरे । सो कार्यक्रममा फलफूल तथा तरकारी थोक व्यवसायी संघका उपाध्यक्ष मुकुन्द प्रसाद गौतम, महासचिव जयराम पाण्डे, व्यवसायी पुरुषोत्तम गौतम तथा तरकारी व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

बैंकले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगद रहित कारोवार प्रवद्र्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्युआर कोड मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको छ ।

‘यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगद सहितबाट नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ । वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नेमा प्रतिबद्ध छौं’ बागमती प्रदेश प्रमुख पराजुलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?