Comments Add Comment

कांग्रेसको कार्यक्रममा ओली समूहको ढुंगामुढा

४ फागुन, काठमाडौं ।  बैतडीको डिलासैनीमा आयोजित नेपाली कांग्रेसको सभामा सत्तारुढ ओली समूहले ढुंगामुढा गरेको छ । त्यसक्रममा केही घाइते समेत भएका छन् ।

डिलासैनीमा मंगलबार भएको कार्यक्रमा कांग्रेसका केन्द्रीय सदस्यद्वय एन.पी. साउद र डिला संग्रौला, नेविसंघका पूर्व सभापति नैनसिंह महर लगायत सहभागी भएका थिए । नेता महरका अनुसार सोमबार मात्र जयराज जोशीको नेतृत्वमा २०० सयभन्दा बढी नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।

स्थानीय पालिकाको केन्द्र सार्न माग गर्दै आन्दोलनरत संघर्ष समितिका संयोजक समेत रहेका जोशीले सम्बोधनका क्रममा नेकपा ओली समूहका नेता सुरेन्द्र पालको आलोचना गरेका थिए । त्यही क्रममा ओली समूहका कार्यकर्ताले ढुंगामुढा गरेपछि झण्डै डेढ घण्टा कार्यक्रम नै रोकिएको थियो ।

ओली समूहका कार्यकर्ताले हानेको ढुंगा केन्द्रीय सदस्य साउदलाई समेत लागेको थियो । यद्यपि चोट छैन । तीन जना भने घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

केही सवारी साधनमा तोडफोड भएको छ ।

नेपाली कांग्रेसले घटनाको भत्र्सना गरेको छ । सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र ब्यवहारले भुमिका खेलेको भन्दै प्रवक्ता विवश्वप्रकाश शर्माले भनेका छन्, यस्तो प्रवृत्ति परित्याग गर्न र दोषीहरुलाई तत्काल पक्राउ गरेर कार्वाही गर्न माग गर्दछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment