Comments Add Comment

भान्साका मसलाको औषधिय गुण

तरकारीलाई स्वादिलो बनाउनका लागि धेरै प्रकारका मसलाहरूको प्रयोग गरिन्छ । यस्ता मसलाहरूले तरकारीको स्वाद मात्र बढाउने नभई स्वास्थ्यमा पनि निकै फाइदा पु¥याउँछन् । बेसार, धनियाँ, जीरा, ज्वानो, ल्वाङजस्ता मसलाले स्वास्थ्यमा विशेष फाइदा पु¥याउँछन् ।

बेसार 

सारले रगत सफा गर्छ । कफ कम गराउँछ । चिसोबाट बचाउँछ । यसमा एन्टी सेप्टिक, एन्टी बायोटिक, एन्टी एलर्जिक एवं एन्टी फंगल गुण हुन्छन् । यसले पीडा कम गर्न पनि सहयोग गर्छ ।

जीरा 

जीराले खाना पचाउन मद्दत गर्छ । यसले पेटमा ग्याँस बढ्ने समस्यामा ठूलो राहत दिन्छ ।

रायो 

रायोले पेटको कीरा मार्छ । पेटमा ग्याँस बन्न दिँदैन र पाचन क्रिया दुरुस्त बनाउँछ ।

धनियाँ 

धनियाँले खाना पचाउन सहयोग गर्छ । यसले एसिडिटी, पिसाब पोल्ने समस्यालाई ठीक गर्छ ।

ल्वाङ 

ल्वाङमा एन्टी सेप्टिक गुण हुन्छ । यसले मुखको दुर्गन्ध हटाउँछ । पाचन शक्ति बढाउँछ र एसिडिटी हटाउन सहयोग गर्छ ।

सुकुमेल 

सुकुमेलले एसिडिटी हटाउँछ । बढी खाना खाँदा हुने छटपटीलाई सुकुमेलले छिनभरमै हटाइदिन्छ ।

मरिच 

मरिचले रुघाखोकीबाट बचाउन सहयोग गर्छ । यसको नियमित सेवन गर्दा पाचन ठीक रहनुका साथै भोक पनि जाग्छ ।

हिङ 

हिङले पेटमा ग्याँस भरिने समस्या हटाउँछ । तर यो खाँदा मात्रामा विशेष सतर्क हुनुपर्छ । यसले गर्भवतीलाई फाइदा नगर्नसक्छ । साथै यो धेरै खाइयो भने हड्डीमा समेत असर पुग्छ ।

मेथी 

मेथीले पेटमा ग्याास भरिने समस्यामा राहत दिलाउँछ । मधुमेह, जोर्नी दुख्ने समस्या तथा पाचन प्रणालीसम्बन्धी समस्यामा फाइदा गर्छ । बपालका लागि पनि मेथी राम्रो मानिन्छ ।

ज्वानो 

ज्वानो पनि पेटका लागि हरेक हिसाबले फाइदाजनक मानिन्छ । यसले पेटको कीरा मार्छ । रुघाखोकीको समस्या छ भने यसको सेवनले फाइदा गर्छ ।

नुन

खानेकुरामा नुन भएन भने स्वाद हुँदैन । विशेष गरी दालतरकारीमा नुन नहाली हुँदैन । खाना स्वादिलो हुनका लागि नुन ठिक्क हुनुपर्छ । कम वा बढी भयो भने खाना बेस्वादिलो हुन्छ । अझ नुन चर्को भयो भने त खानै सकिँदैन । फेरिन पानी थप्दा पनि तरकारी स्वादिलो रहँदेन । उसो भए के गर्ने त ? नुन चर्को भयो भने केही उपाय अपनाएर त्यसको चर्कोपन कम गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment