
५ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ३ हजार ८३८ जनाको नमुना परीक्षण गर्दा ४८ जना महिला र ७७ जना पुरुष गरी कुल १२५ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ७० जना पुगेको छ । उनीहरु मध्ये २ लाख ६९ हजार ३९४ जना संक्रमणमुक्त भएका छन् भने कुल २०५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर १ हजार ६२१ जना सक्रिया संक्रमित रहेका छन् । जसमध्ये ९९१जना होम आइसोलेसनमा, ६१ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4