+

विराटनगरविरुद्ध च्याम्पियन एपीएफकाे कठिन जित

२०७७ फागुन  ५ गते १८:०६ २०७७ फागुन ५ गते १८:०६
विराटनगरविरुद्ध च्याम्पियन एपीएफकाे कठिन जित

५ फागुन, काठमाडौं । दुई खेल अगावै राष्ट्रिय महिला लिगकाे च्याम्पियन बनेकाे एपीएफले विराटनगरविरुद्ध १-० काे कठिन जित हात पारेकाे छ ।

सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्समा बुधबार भएकाे खेलमा एपीएफलाई जित दिलाउन अनिता केसीले निर्णायक गाेल गरिन् । पहिलाे हाफमा विराटनगरले एपीएफलाई गाेलरहित बराबरीमा राेकेकाे थियाे । तर ५५औं मिनेटमा सरु लिम्बुकाे पासमा अनिता केसीले गाेल गरिन् ।

बुधबार नै भएकाे पहिलाे खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीलाई १-१ काे बराबरीमा राेकेपछि एपीएफ दुई खेल बाँकी छँदै च्याम्पियन बनेकाे हाे ।।

लगातार ११ खेल जितेकाे एपीएफले ३३ अंक जाेडेकाे छ । आर्मी समान खेलबाट २६ अंकसहित दाेस्राे स्थानमा छ ।

लिगकाे अन्तिम खेल एपीएफ र आर्मीबीच फागुन ७ गते दशरथ रंगशालामा हुनेछ ।

राष्ट्रिय महिला लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय