Comments Add Comment

एनभिए क्लब भलिबल लिग चैतमा गर्ने तयारी

१२ फागुन, काठमाडौं । नेपाल भलिबल संघले एनभिए क्लब भलिबल लिग प्रतियोगिता आगामी चैतमा आयोजना गर्ने तयारी गरेको छ । बुधबार काठमाडौंमा बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले चैतमा क्लब लिग आयोजना गर्ने विषयमा छलफल गरेको हो ।

कोभिड–१९ का कारण लामो समयदेखि संघले भलिबल प्रतियोगिता गर्न सकेको थिएन । गत वर्ष चैतमा बंगलादेशमा पुरुषको सेन्ट्रल जोन हुने भनिएकोमा कोभिडकै कारण स्थगित भएको थियो । त्यतिबेला पुरुष टिमले प्रशिक्षण सुरु गरेपनि स्थगित भएको थियो ।

यो पनि पढ्नुहोस ‘सेन्ट्रल जोन पुरुष भलिबल’ सर्‍यो, नेपालको प्रशिक्षण स्थगित

संघका अध्यक्ष मनोरन्जन रमण शर्माले चैत १९ देखि २६ गतेसम्म क्लब लिग गर्ने विषयमा छलफल भएको अनलाइनखबरलाई बताए । ‘हामीले चैत १९ देखि २६ सम्म महिला र पुरुष दुवैको क्लब लिग आयोजना गर्ने विषयमा छलफल गरेका छौँ ।’ शर्माले भने, ‘अब त्यसका लागि राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति लिने निर्णय भएको छ ।’

शर्माले कोरोना भाइरसको भ्याक्सिन लगाएर खेल सुरु गर्न पाए सहज हुने समेत बताए ।
२०७७ साल वैशाखमा एनभिए क्लब लिग आयोजना गर्ने तय भएपनि कोभिडका कारण अनिश्चितकालका लागि स्थगित भएको थियो ।

यो पनि पढ्नुहोस पाँचौं एनभीए राष्ट्रिय भलिबल अनिश्चितकालका लागि स्थगित

यसअघि नै चैतमा एनभिए लिग आयोजना गर्ने विषयमा छलफल भइसकेको थियो । बुधबारको बैठकले त्यसको लागि मिति तय गर्दै राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृति लिने र त्यसका लागि बजेट जुटाउने विषयमा तयारी थालेको छ ।

यस्तै संघले वैशाखमा आयोजना हुने प्रधानसेनापति कपको लागि पनि स्वीकृति दिएको छ । नेपाली सेनाले आगामी वैशाख १५ देखि प्रधानसेनापति कप भलिबल आयोजना गर्दैछ ।

यसैगरी वैशाखमा राष्ट्रिय महिला टिमको प्रशिक्षण सुरु गर्ने विषयमा पनि छलफल भएको संघका अध्यक्ष शर्माले बताए । ‘हामीले सबै अवस्था सहज भए वैशाख अन्तिमदेखि महिला टिमको प्रशिक्षण सुरु गर्ने योजनामा छौँ ।’

नेपाली महिला टिमले आगामी अगष्ट (२०७८ भदौ) मा चीनमा आयोजना हुने एभिसी एसियन वुमन्स भलिबल च्याम्पियनसिपमा भाग लिने पक्का भइसकेको छ । २०७६ सालमा नेपालको महिला टिमले ऐतिहासिक उपलब्धि हात पारेको थियो । त्यसै आधारमा संघले महिला टिमलाई एसियन च्याम्पियनसिपमा पठाउने निर्णय गरेको हो ।

गत वर्ष महिला टिमले बंगलादेशमा भएको एभिसी वुमन्स सेन्ट्रल जोनको उपाधि जितेको थियो । यस्तै घरेलु कोर्टमा भएको १३औं सागमा रजत पदक जितेको थियो ।

केही समय अघि मात्रै पोखरामा दुई भलिबल प्रतियोगिता सम्पन्न भएपछि भलिबल गतिविधि पनि सुरु हुन थालेको हो । टाइगर ग्रुप पोखरा नेपालले पहिलो पटक महिला र पुरुषको राष्ट्रियस्तरको टाइगर कप आयोजना गरेको थियो । यस्तै गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप पनि आयोजना भएको थियो ।

नेपाल भलिबल संघले गत वर्ष माघमा महिला र पुरुषको क्लब भलिबल च्याम्पियन आयोजना गरेको थियो ।

यो पनि पढ्नुहोस पाँचौ एनभीए भलिबल च्याम्पियनसिप सुरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment