१३ फागुन, काठमाडौं । स्पानिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यानचेष्टर सिटीले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा महत्वपूर्ण जित हात पारेका छन् । दुवै क्लबले अवे मैदानमा जित हात पारेका हुन् ।
रियल मड्रिडले इटालियन क्लब एटलान्टालाई १-० ले पराजित गरेको हो । रियलका लागि फर्लान मेन्डीले ८६औं मिनेटमा निर्णायक गोल गरे ।
१७औं मिनेटमारेमो फ्रउलरले रातो कार्ड पाउँदै मैदान हिरिएपछि एटलान्टा घरेलु मैदानमा १० खेलाडीमा सिमित भएको थियो ।
यस्तै सिटीले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकलाई २-० ले पराजित गरेको हो । सिटीको लागि बर्नानर्डो शिल्भाले २९औं र गाब्रीएल जेससले ६५औं मिनेटमा गोल गरे ।
मोन्चेनग्लाडबाकको मैदानमा हुनु खेल कोभिड१९ को कारण हंगेरीको पुस्कास एरेनामा खेलाइएको थियो ।
प्रतिक्रिया 4