+

फ्रान्क केसीले इन्जुरी टाइममा गोल गरेपछि एसी मिलान हारबाट जोगियो

२०७७ फागुन  २० गते ९:१४ २०७७ फागुन २० गते ९:१४
फ्रान्क केसीले इन्जुरी टाइममा गोल गरेपछि एसी मिलान हारबाट जोगियो

२० फागुन, काठमाडौं । इटालियन सिरी ए मा दोस्रो स्थानमा रहेको एसी मिलानले उडिनेसीसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

घरेलु मैदान एक गोलले पछि परेको एसी मिलानले इन्जुरी टाइममा गोल गर्दै एक अंक जोड्न सफल भएको हो । फ्रान्क केसीले इन्जुरी टाइमको सातौं मिनेटमा गोल गरेपछि एसी मिलानको हार टरेको हो ।

त्यसअघि रोड्रिगो बेकाओले ६८औं मिनेटमा गोल गर्दै उडिनेसीलाई अग्रता दिलाएका थिए । तर कायम राख्न सकेन ।

बराबरीपछि एसी मिलानको २५ खेलबाट ५३ अंक भएको छ ।

मिलान बराबरीमा रोकिँदा शीर्ष स्थानको इन्टरलाई फाइदा पुगेको छ । इन्टर भन्दा एसी मिलान ३ अंकले पछि छ । इन्टरले अझै एक खेल कम खेलेको छ । इन्टर आज राति हुने खेलमा पार्मालाई पराजित गरे ६ अंकको अग्रता बनाउनेछ ।

सिरी ए कै अन्य खेलमा चौथो स्थानको एटलान्टाले क्रोटोनलाई ५-१ ले पराजित गरेको छ । यस्तै पाँचौ स्थानको रोमाले फियोरेन्टिनालाई २-१ ले हरायो ।

एटलान्टाले २५ खेलबाट चौथो स्थानको युभेन्ट्स समान ४९ अंक जोडे पनि गोलअन्तरमा पछि छ । युभेन्ट्सले २४ खेल खेलेको छ । रोमाको २५ खेलबाट ४७ अंक छ ।

एसी मिलान

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय