
गायक प्रताप दास र गायिका वेनिशा पौडेलको स्वरमा समावेश ‘यस्तो माया’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा निशा शर्मा अर्यालको शब्द, दिपक शर्माको संगीत छ । सार्वजनिक गीतले प्रेमी–प्रेमिकाविचको अथाहा प्रेम र समर्पणलाई बोलेको छ ।
गीतको भिडियोमा नायक पल शाह र मोडल उषा उप्रेतीको जोडीलाई देख्न सकिन्छ । भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा विधानले यूवा–यूवतीविचको प्रेम, बिहे, सन्तानको चाहना र विदेशीनुको कथालाई उठान गरेका छन् ।
उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । भिडियोलाई विधानले कलरफूल बनाएका छन् । पल र उषाको जोडी भिडियोमा गज्जबले सुहाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4