+

काठमाडौं मेयर्स कप : सन्दीपको विष्फोटक ब्याटिङ

२०७७ फागुन  २३ गते १३:०३ २०७७ फागुन २३ गते १३:०३
काठमाडौं मेयर्स कप : सन्दीपको विष्फोटक ब्याटिङ

२३ फागुन, मुलपानी । २७ महिनापछि घरेलु क्रिकेट प्रतियोगिता खेलिरहेका सन्दीप लामिछानेले विष्फोटक ब्याटिङ गरेका छन् । काठमाडौं मेयर्स कप अन्तर्गत मुलपानीमा भइरहेको खेलमा काठमाडौं मेयर्स ११ टिमको कप्तानी गरिरहेका सन्दीपले बागमती प्रदेशविरुद्ध आक्रमक ब्याटिङ गरेका हुन् ।

उनले २० बल खेल्दै ६ छक्काको मद्दतमा ४१ रन बनाए । नवौं नम्बरमा ब्याटिङ गरेका सन्दीपले आठौं विकेटका लागि सौरभ खनालसँग ५७ रनको साझेदारी गरे ।

काठमाडौं मेयर्स ११ ले ११९ रनमा ७ विकेट गुमाएको अवस्थामा सन्दीपले सौरभसँग महत्वपूर्ण साझेदारी गरेका हुन् ।

त्यसअघि काठमाडौंले ४३ रनमा सुरुवाती ५ विकेट गुमाएको थियो । छैटौं विकेटका लागि सन्दीप रजाली र सिद्धान्त लोहनीले ७१ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।

काठमाडौं मेयर्स कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय