१ चैत फागुन, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको आयोजना, गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजन तथा इस्टपोल उच्च मावीको सहआयोजनामा भएको गोकर्णेश्वर नगर तेक्वान्दो खेलाडी छनोट प्रतियोगितामा सुलभ तामाङ र सुस्मा राई बेस्ट फाइटर भएका छन् ।
इस्ट स्कुलमा शनिवार भएको एक दिने छनोट प्रतियोगितामा सुलभ पुरुषतर्फ र सुस्मा महिलातर्फ बेस्ट घवषित भएका हुन् ।
गोकर्णेश्वर नगरपालिकामा छरिएर रहेका तेक्वान्दो खेलाडीको वृद्धि र विकासको लागि छनोट प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा १६० खेलाडी सहभागिता जनाएका थिए भने पुम्सेतर्फ २ र गेरोगीतर्फ १७ गरी कूल १९ विधामा प्रतिस्पर्धा भएको थियो ।
जसमा गैरिगाउँ डोजाङ टिमले पहिलो स्थान हात पार्यो । यस्तै सुन्ताखान स्कुल दोस्रो र चामुन्डा स्कुल तेस्रो भयो ।
अब गोकर्णेश्रको स्थासीबासी खेलाडीहरुको सेलेक्सन गरिने र उनीहरुलाई क्याम्पमा राखेर प्रशिक्षण गराइने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4