Comments Add Comment

म्यानमारमा सैन्य शासन ढाल्न ‘क्रान्ति’ गर्ने समानान्तर सरकारको घोषणा

Photo Credit : AFP

१ चैत, काठमाडौं । म्यानमारको सत्तारुढ पार्टीको समानान्तर सरकारले सेनाबाट शक्ति आफ्नो हातमा लिन ‘क्रान्ति’ गरिने बताएको छ । नेशनल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता मान विन खाइयाङ थानले सामाजिक सञ्जाल फेसबुकमार्फत् सम्बोधन गर्दै भनेका छन्, ‘यो मुलुकको लागि कालो र बिहानी हुन लागेको क्षण हो ।’

उनले प्रदर्शनकारीहरुलाई सेनाबाट बचाउन सक्ने गरी आवश्यक नियम ल्याइने पनि बताए । शनिबार म्यानमारमा सेनाविरुद्ध भएको प्रदर्शनको क्रममा कम्तीमा १३ जनाको मृत्यु भएको थियो । यससँगै म्यानमारमा सेनाविरुद्धको आन्दोलनमा ज्यान गुमाउनेको संख्या ८० नाघेको छ । अहिलेसम्म यो आन्दोलनको क्रममा पक्राउ पर्नेको संख्या पनि २१ सय नाघेको छ ।

म्यानमारको सेनाले निहत्था मानिसहरुलाई युद्धमा उभिएको जस्तो व्यवहार गरेको मानव अधिकारवादीहरुले बताएका छन् । शनिबार प्रहरीको गोली लागि मृत्यु हुनेमा १३ वर्षीय एक बालक पनि छन् ।

प्रदर्शनकारीहरुलाई गोली हानी मारेको विषयमा सेनाले कुनै प्रतिक्रिया दिएको छैन । तर, सेनाले मुलुकमा भइरहेको प्रदर्शन आपराधिक भएको दाबी गर्दै आएको छ ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment