Comments Add Comment

भुवन नगरकोटीले जिते सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि

६ चैत, काठमाडौं । भुवन नगरकोटीले सुर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।

गोकर्ण गल्फ क्लबमा बिहीबार सम्पन्न भएको प्रतियोगितामा भुवन च्याम्पियन बने । उनले १३औं दक्षिण एसियाली खेलकुद सागका दोहोरो स्वर्ण पदक विजेता युवा गल्फर सुवास तामाङलाई पछि पारे ।

च्याम्पियन भुवनले कुल ७ अन्डर २८१ स्कोर बनाए । भुवनले अन्तिम दिन बिहीबार २ ओभर ७४ को स्कोर गरेका थिए । दोस्रो भएका सुवासले ६ अन्डर २८२ स्कोर बनाए । सुवासले बिहीबार १ अन्डर ७१ स्कोर गरे ।

यस्तै शुक्रबहादुर राईले २ अन्डर २८६ स्कोर जोड्दै तेस्रो स्थान हात पारे । उनी प्रोफेसनलमा दोस्रो भए ।

उपाधिसँगै भुवनले १ लाख ३० हजार नगद पुरस्कार प्राप्त गरे । एमेच्योर खेलाडी भएकोले सुवासले ट्रफीमात्र प्राप्त गरे । समग्रमा तेस्रो भएका शुक्र प्रोफेसनलमा दोस्रो हुँदै ८४ हजार जित्न सफल भए ।

प्रोफेसनलमा तेस्रो भएका सन्जय लामाले ६० हजार पाए । प्रोफेसनलतर्फ चौथो भएका रबि खड्काले ५० हजार, पाँचौ भएका राजेन्द्र श्रेष्ठ प्रधान र दीपक मगरले समान ३९ हजार ७५० प्राप्त गरे ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले सूर्य नेपाल प्रालिको स्पोनसिपरमा आयोजना गरेको प्रतियोगितामा ४४ प्रो र १७ एमेच्योरसहित कूल ६१ गल्फरले भाग लिएका थिए ।

विजेतालाई सूर्य नेपालका मार्केटिङतर्फ उपाध्यक्ष दिप्रा लाहिरी, नेपाल प्रोफेसनल गल्फर्स एसोसियसनका अध्यक्ष रविन्द्रमान श्रेष्ठ तथा नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कृत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment