
६ चैत, वीरगञ्ज । लागुऔषध खैरो हिरोइन ओसार प्रसारमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्जबाट १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं १४ पावर हाउसचोकबाट उनी पक्राउ परेका हुन् ।
बिहीबार साँझ साढे ६ बजे लागु औषध नियन्त्रण ब्युरो बीरगञ्जको टोलीले लागु औषधसहित ती किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
किशोरले बोकेको ६ वटा सेतो प्लाष्टिकको पोकाभित्र खैरो हिरोइन ३० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
ती किशोरमाथि अनुसन्धान गर्न जिल्ला अदालत पर्साबाट ५ दिनको अनुमति लिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4