+
+

मुख्यमन्त्री राईको पद जोगियो, अविश्वासको प्रस्ताव फिर्ता लिन नेपाल समूह सहमत

हरि अधिकारी हरि अधिकारी
२०७७ चैत ११ गते १२:०३

११ चैत, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद जोगिएको छ । नेकपा एमालेको माधवकुमार नेपाल पक्ष मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएको छ ।

एमाले संसदीय दलको बुधबार बसेको बैठकमा नेपाल समूहका प्रदेशसभा सदस्यहरु पनि सहभागी भएका थिए ।

अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराउन आफ्नो पक्षका दुई जना सांसद बैठकमा सहभागी भएको नेपाल पक्षका नेता राजेन्द्र राईले जानकारी दिए । ‘अहिलेलाई अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय भएको छ,’ उनले भने, ‘त्यहीँ विषयमा जानकारी गराउन हाम्रा दुई जना साथीहरु जानु भएको छ ।’

प्रदेश १ सभामा एमालेका ५१ सांसद छन्, जुन बहुमत हो ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?