+
+

होलीमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा ३५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १६ गते १९:४७

१६ चैत, जनकपुरधाम । होली पर्वमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा सर्लाही प्रहरीले सोमबार ३५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरका अनुसार जिल्लाको विभिन्न भागबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

यस्तै, उच्छृङ्खल तरिकाले गुडाएको भन्दै ९५ वटा मोटरसाईकल समेत नियन्त्रणमा लिइएको कुँवरले बताए । उच्छृङ्खल गतिविधि गर्ने मानिस र मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?